काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । पहिलो चरणको मतदानमा ५१ प्रतिशत मत प्राप्त गर्न नसक्नुभएका देउवाले दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिनुभएको हो ।
पहिलो चरणका देउवाले २२५८ मत, शेखरले १७०२ मत , प्रकाशमानले ३७१ मत, विमलेन्द्रले २५० र कल्याण गुरुङले २२ मत पाउनुभएको थियो । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।
दोस्रो चरणमा शेरबहादुर देउवाले आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन पाउनासाथ देउवाको जित सुनिश्चित बनेको थियो ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाउनुभएको थियो भने उहँका निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाउनुभउएको थियो । ३५ मत भने बदर भएको छ ।








