पूर्णबहादुर खड्का र धनराज गुरुङं नेपाली कांग्रेसको उपसभापति निर्वाचित

  • ख-
  • ख+

काठमाण्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङं विजयी हुनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि शुरु भएको मतगणनामा पूर्णबहादुर खड्काले २१२१ मत र गुरुङंले १९०८मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दि विजयकुमार गच्छदारले १९०६ मत ल्याउनुभएको थियो भने अर्का प्रतिष्पर्धी चन्द्र भण्डारीले १५८० मत ल्याउनुभएको थियो ।

उपसभापतिमा विजयी खड्का सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुनुहुन्छ भने गुरुगं सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहका हुनुहुन्छ त्यसैगरि उपसभापतिमा पराजित गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुनुहुन्छ भण्डारी सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहका हुनुहुन्छ ।

प्रकाशमान सिंह समूहबाट उम्मेदवारी दिनुभएकी सुजाता कोइरालाले ६४४, स्वतन्त्र उम्मेदवारी दिनुभएका महेश आचार्यले ५८९ र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बन्नुभएकी दिव्यश्वरी शाहले १३२ मत प्राप्त गर्नुभएको थियो ।
कांग्रेस विधान अनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?