कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

  • ख-
  • ख+

काठमाण्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको महामन्त्री निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको आधिकारिक धारण नआईपुगेपनि उहाँहरु विजयी भईसक्नुभएको हो ।

अहिलेसम्म ४३९० मत गन्दा गगनले २८२३ मत पाउनुभएको छ भने महामन्त्रीमा अर्का उम्मेदवार विश्वप्रकाश शर्माले १८२४ मत पाउनुभएको छ र केहि मत गन्न बाँकि छ ।


महामन्त्रीका प्रत्यासी हुनुभएका सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका डाक्टर प्रकाशशरण महत, प्रदीप पौडेल, सभापतिमा पराजित उमेदवार डाक्टर शेखर कोईरालाको प्यानलबाट उमेदवारका अर्का उमेदवार डाक्टर मिनेन्द्र रिजाल र सभापतिका पराजित अर्का उमेदवार विमलेन्द्र निधी प्यानलका राजाराम कार्की महामन्त्रीमा पराजित हुनुभएको छ ।
निर्वाचत महामन्त्री गगन कुमार थापा सभापतिमा पराजित डाक्टर शेखर कोईरालाको प्यानलबाट उमेदवार हुनुभएको थियो भने विश्वप्रकाश शर्मा सभापतिका पराजित उमेदवार प्रकाशमान सिंहको प्यानलबाट उमेदवार हुनुभएको थियो ।

कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?