दमौलीको आदिकवि भानुभक्त क्याम्पस र उदयपुरको क्याम्पसबिच शैक्षिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

तनहूँ । त्रियुगा बहुमुखी क्याम्पस, गाईघाट, उदयपुर र आदिकवि भानुभक्त क्याम्पस, दमौलीका विद्यार्थीहरुका विच शैक्षिक अन्तरक्रिया कार्यक्रम आइतवार विहान क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ । अन्तरक्रियामा दुवै सामुदायिक क्याम्पसहरुका सूचना तथा सञ्चार प्रविधि कार्यक्रम ( विआइसिटीई) मा अध्यनरत विद्यार्थीहरुको संलग्नता रहेको थियो । अन्तरक्रियामा दुवै क्याम्पसका तर्फवाट सहभागी विद्यार्थिहरुले स्नातक तहमा सञ्चालित त्रिविको विआइसिटिई कार्यक्रमको कार्यान्वयनमा रहेको पाठ्यक्रम, क्याम्पसहरुले लिने सेमेस्टर शूल्क, क्याम्पसमा उपलब्ध सिकाइका श्रोत र आइटिको पुर्वाधारहरू, परिक्षा प्रणाली, अध्ययनका उद्देश्य र अध्ययन पछिको रोजगारीको अवस्था, अध्ययनका अनुभव आदि विषयमा छलफल भएको थियो । कार्यक्रम एविआइटि क्लवका सचिव विजय आलेको अध्यक्षतामा भएको थियो । त्रियुगा क्याम्पसवाट अन्तरक्रियामा सहभागीहरुलाई विआइटि क्लवका उपाध्यक्ष विशाल रुचाल र पदाधिकरी तथा सदस्यहरुले खादा लगाएर स्वागत गर्नु भएको थियो। उक्त अवसरमा क्लवका पुर्व सचिव तथा आठौ सेमेस्टरकी विद्यार्थी सम्झना रसाईलीले तनहूँको पर्र्यटकिय स्थलहरुका बारेमा जानकारी प्रस्तुत गर्नु भएको थियो भने सातौ सेमेस्टरकी विद्यार्थी संदिपा गुरुङ्गले आदिकवि भानुभक्त क्याम्पस र विआइसिटिई विषय अध्यन अध्यापनको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको परिचय राख्नु भएको थियो। दुवै क्याम्पसमा आइटि विषय अध्यापनरत प्राध्यापकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा त्रियुगा जनता व. क्याम्पसका तर्फवाट विआईसिटिई कार्यक्रमका वारेमा प्राध्यापक वेद वहादुर वस्नेतले र त्रियुगा आइसिटिई क्लवका तर्फवाट अध्ययनअध्यापनको अवस्था र विद्यार्थीहरुको अनुभवका वारेमा क्लवका अध्यक्ष जीवन बरालिले प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण विआइसिटिई कार्यक्रमको संयोजक सुलभ कुमार श्रेष्ठले गर्नु भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?