उजुरी फिर्ता लिन अनेकन प्रलोभन देखाएको उजुरीकर्ता पक्षको भनाई
म्यासेजको प्रकृतिको बारेमा जाँच गर्न फेसुबक कार्यालयमा पठार्ईसकेको भएपनि सामान्यतया १५, २० दिनमा खबर आउनुपर्नेमा हालसम्म पनि खबर नआएको साईवर व्युरोको जानकारी
तनहूँ । कार्तिक ५ गते विहिबार तनहूँका एकजना शिक्षकका नेताले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभो ”तनहुँका दुई कुपात्र शिक्षक हरु बिरुद्द यौन हिंसाको बिरुद्द भोलि जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासनमा पिडित महिलाले पत्रकारको रोहबरमा उजुरी दिदै। वास्तविक छानबिन होला।” चिसो लाग्नै लाग्दा रातको मौषममा यो स्टाटसले धेरैको मनमा ढ्यांग्रो ठोक्यो । पत्रकारहरुलाई हात हातमा म्यासेजको स्क्रिनसट भएको कारणले ति २ जना व्यक्तिहरु को को हुन् भनेर कौतुहलता भएन तर त्यो दिन धेरै शिक्षक नेताहरुको फोनको घण्टी बज्यो भने धेरै मानिसहरु १० बजेको पखाईमा बसेको पाईयो । आखिर स्टाटसमा भनेजस्तै जिल्ला प्रहरी कार्यालय तनहूँ मार्फत साईवर व्युरोमा एक जना शिक्षक विरुद्ध मात्र उजुरी दिईयो । २ जनालाई उजुरी किन दिईएन भनेर प्रश्न गर्दा पहिला एक जनालाई दिने त्यसपछि अर्कोलाई उजुरी दिने ।
उजुरी पश्चात शिक्षकलाई अश्लिल म्यासेज पठाउने भनिएका शिक्षकको नाम देशमा ठुला ठुला मिडियादेखि स्थानिय स्तरका मिडियाहरुमा छरपष्ट भयो । उहाँ हुनुहुन्थ्यो तनहूँ दमौली बजारमा रहेको वाल मन्दिर माध्यमिक विद्यालयका शिक्षक पदम खनाल ।
हप्ता बित्यो, महिना बित्यो २ महिना बित्यो उक्त उजुरीको बारेमा के भईरहेको छ न त कसैले प्रकाश पार्यो न त कसैले उजुरीकर्ताको उजुरी खराब नियतले गरेको हो पदम खनाल निर्दोष छन् भन्ने कुरा सुनियो न त पदम खनाल दोषी छन् ति शिक्षकलाई अन्याय भएको हो भनेर कोहि बोलेको सुनियो । त्यसैविच बजारमा अनेकथरि हल्ला फैलिए । हल्ला नं. १ ति शिक्षकले हालेको उजुरी साईवर व्युरोमा दर्ता नै भएको छैन । हल्ला नं. २ ति शिक्षकले वार्गेनिगंको लागि उजुरी हालेकी हुन् कुुरा मिलिसक्यो । हल्ला नं. ३ कुरा यसरी मिल्यो कि अब शिक्षकले पदम खनाल बिरुद्धको उजुरी फिर्ता लिने उर्पयुक्त मौका हेरि ति शिक्षकलाई कुनै विद्यालयको प्र. अ. बनाउने र उहाँका अभिभावकलाई शिक्षकको नेता चुन्ने ।

यीनै हल्लाहरुको सेरोफेरोमा हल्लाहरु चलिरहदा र पत्रकारहरुले कहाँ पुग्यो उक्त पदम खनाल काण्ड फलोअप नै गरेनन् भनेर अनेकन आरोप लाग्दै गर्दा आज हामीले उजुरीकर्ता शिक्षकका अभिभावकसग सम्पर्क गरेर यीनै हल्लाहरुको बारेमा जिज्ञासा राख्दा उहाँले ”कुनै पनि हालतमा सम्झौता नहुने, कानुनले जे भन्छ त्यहि मान्ने, कूनै पनि हालतमा उजुरी फिर्ता नलिने र महत्वपूर्ण कुरा अनेकन व्यक्तिहरुबाट प्रलोभन दिएर मुद्धा फिर्ता लिन आग्रह गरेपनि आफु टसको मस नभएको ”स्विर्कानुभएको छ । ”बजारमा त तपाईहरु दुवैलाई आर्कषक प्रस्ताव राखेर उजुरी फिर्ता भयो भन्ने कुरा छ नि” भन्दा ”सब् हामीलाई बदनाम गर्न चलाएको हल्ला भएको” बताउनुभएको छ । यसैबारेमा नेपाल प्रहरीको साईवर व्युरोमा सम्पर्क गर्दा प्रहरी ईन्स्पेक्टर बुद्धि सुवेदीले ”उजुरी दर्ता भईसकेको , फेसबुुकको कार्यालयमा म्यासेजको स्क्रिनसट पठाएर जाँचबुझको लागि आग्रह गर्दा सामान्यतया १५, २० मा जानकारी आउनुपर्नेमा आजसम्ममा जानकारी नआईसकेकोले केहि भन्न नसकिने बताउनुभएको छ साथै उहाँले फेसबुकको कार्यालयबाट म्यासेजको प्रकृति बारेमा जानकारी आएपछि के कस्तो कारवाही हुने कस्तो मुद्धा चल्ने जानकारी दिन सकिने” बताउनुभएको छ ।
यसरी फेसबुकको ढिलाईले गर्दा बजारमा उक्त काण्डका बारेमा अनेकन हल्लाहरु चलिरहेका छन् भने उजुरीकर्तालाई र आरोपीलाई उक्त काण्डको बारेमा अन्योलता कायम रहेको छ ।










