२ हजार, २५ सय कमिशन पनि छोड्दैनन् व्यास नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि !

  • ख-
  • ख+

नगरसभामा मदिरापान गर्दै तारासगै जुन गीतमा कम्मर मर्काएर देश विदेशमा समेत प्रख्यात भईसकेको व्यास नगरपालिकामा १२ हजार ५ सयमा पाउदा पाउदै उस्तै सुविधायुक्त बस १५ हजार भाडा तिर्दै जनताले तिरेको करमा मनपर्दी


तनहूँ । तनहूँ जिल्लाको व्यास नगरपालिका विभिन्न कारणबाट चर्चित छ । पहिलो कुरा त व्यास ऋषिको पवित्र भुमी भएकोले चर्चित छ भने त्योभन्दा एक कदम अगाडि नगरसभामा मदिरापान गर्दै ”तारासगै जुन” गीतमा कम्मर मर्काएर पनि व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले नगरपालिकाको नाम देश विदेशमा समेत प्रख्यात बनाईसक्नुभएको छ ।
नगरपालिकाका कर्मचारीले आफ्नो कार्यालयमा नक्शा पास गर्न आउने सर्वसाधारणलाई आफुले नगरपालिकामा जागिर खाएपश्चात आफ्नो श्रीमती , आमा, बुबा, भाई , साला ,सालीको नाममा खोलेको कन्सल्टेन्सिमा नक्शा बनाउन आग्रह गर्ने , आफ्नो हार्डवेयरमा सामान खरिद गर्न प्रेसर गर्ने, घर बनाउने ठेक्का आफैलाई दिन कर गर्ने , फर्निचरदेखि रंगरोगनको काम आफैलाई दिन कर गर्ने, जनप्रतिनिधि भएको ५ बर्ष पुग्न लाग्दासमेत नगरपालिकाको भवनसगै जोडिएको नाली सफा गर्न नसक्ने, दर्जनौ नगरपालिका प्रहरी हुदाहुदै फुठपाथ व्यवस्थापन गर्न नसक्नु , फोहोरमैला व्यवस्थापन गर्न नसक्नु, सार्वजनिक जग्गा अतिक्रमण रोक्न नसक्नु नौलो कुरा रहेन । अब नगरपालिकामा २,४ हजार कमिशन हात पार्न कतिसम्म गर्दा रहेछन् भन्ने नयाँ तरिका बाहिरिएको छ । यहि पुस १२ गते जनप्रतिनिधिलाई भ्रमणमा लग्न लागेको बस भाडामा लिदा भएको चलखेलले त्यो कुरा उदांगो भएको छ ।
डिलक्स बस, एयरकन्डिशन बस भाडामा लिदा तेल हालेर १ दिनको बढिमा १२ हजार ५ पाईनेमा १५ हजार भाडामा तिर्न लागेर नगरपालिकामा कमिशन र चलखेल हुन्छ भन्ने कुरालाई बल पुगेको छ । ”दैनिक १२ हजार ५ सयमा टुरिष्ट डिलक्स , एयर कन्डिशनयुक्त बस पाउदा किन उस्तै प्रकृतिको बसलाई १५ हजार तिर्न लागियो त ?’‘ भन्दा ”१२ हजार ५ मा बस भाडामा दिने बसका संचालक चिनजानको मान्छे भएको कारण कमिशन लिन गार्‍हो पर्ने भएर उहीँ प्रकृतिको सवारी साधन पनि महगों पर्ने लिईएको ” अर्का भुक्तभोगी सवारी धनी बताउनुहुन्छ ।
व्यास नगरपालिकाबाट बस भाडामा लिने समयमा यस्तो प्रकारको कृयाकलाप पटक पटक भईरहेको छ । अघिल्लो बर्ष पनि त्यहि दैनिक १२ हजार ५ सय रुपैया पर्ने गाडिलाई सम्पर्क गरेर निधो गरिन्छ तर केहिदिनमा सम्पर्क गर्ने कर्मचारीले ”अर्का कर्मचारीले अरुकै गाडि त्योभन्दा महगोंमा लैजाने कुरा गरेको” भन्दै निकै नममस्तक हुँदै माफि माग्नहुन्छ । तर आर्थिक बर्ष २०७८/ ७९ मा (यसबर्ष) पनि उस्तै सुविधायुक्त सस्तो दररेटको बस नलगिकन महगों दररेट बस लैजाने निधो गरिन्छ । नगरपालिकामा ”सस्तो दररेटको बस नलगिकन किन महगों दररेटमा बस लैजाने किन भईरहेको छ ? ” भनेर अन्य व्यवसायीसग सम्पर्क गर्दा ‘‘चिनजानको मान्छेसग कुनै पनि काम गर्दा कमिशन माग्न नमिल्ने , अर्को व्यक्तिलाई म नगरपालिकामा बढि रेट माग गर्छु भनेर बाँडेर खाँउला भन्ने पंचायतकालदेखिको चलन भएको ” बताउनुभएको छ । यसरी जनताको करबाट व्यास नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले २ हजार २५ सय पनि कसरी कमिशन छोड्दा रहेनछन् छर्लगं भएको छ ।

( नोटः महगोंमा बस लैजान लागेको खबर बाहिरिएको जानकारीपश्चात मिटिगं बसेर कम दररेट गाडि भाडामा लगेको देखाउने चलखेल भईरहेको कुरा नगरपालिकको विश्वस्त श्रोतबाट जानकारीमा आएको छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?