छाब्दिमा एमालेको प्रशिक्षण: नेकपा एस तनहूँका नेता गजेन्द्र पन्थका भाईको अध्यक्षतामा कमिटी गठन

  • ख-
  • ख+

तनहूँ । नेकपा एमाले व्यास १४ को वडा कमिटीको आयोजनामा छाब्दी वराह टोलका बासिन्दालाई नेपाल कम्युनिस्ट पार्टी एमाले व्यास नगरपालिकाले प्रशिक्षण दिएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्व केन्द्रिय सदस्य एकबहादुर रानाले माक्र्सको सिद्धान्तमा सबै हिड्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो मास्कवादी बैज्ञानिक सिद्धान्तमा आधारित छ । मानवको चेतनाले समाज परिवर्तन गर्न सकिन्छ भन्ने कुरा माक्र्सले उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो अधिकार मागेर नभइ खोसेर लिनु पर्ने समेत बताउनुभयो । पार्टिका जिल्ला सचिवालय सदस्य एवम व्यास नगर इन्चार्ज प्रदिप अधिकारीले आगामी पुस्तालाईको अनुहारमा उज्यालो छर्न कम्युनिस्टको आन्दोलनलाई साथ दिनपर्ने कुरामा जोड दिनुभयो । पार्टीका जिल्ला कमिटी सदस्य निर्मल पण्डित, पार्टीका व्यास नगर अध्यक्ष बिरेन्द्र अधिकारी, जन सास्कृती मन्चका केन्द्रिय सदस्य पृथ्वी भुजेल, अखिल नेपाल महिला संघको तनहूँकी सचिव बसुन्धरा घर्ती लगायतको उपस्थित रहेको थियो । साथै सोही अवसरमा टोलराज पन्थको अध्यक्षतामा छाब्दी टोल कमिटी गठन गरिएको छ । उपाध्यक्षमा नरबहादुर थापा,सचीवमा श्रीकुमार श्रेष्ठ,उपसचिवमा मानसिङ आले, किरण आले र सागर पन्थ सहित २१ कार्यसमिति ररहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?