तनहूँ । तनहूँको व्यास नगरपालिकाका १ जना कर्मचारीले शिक्षक छनोटको प्रश्नपत्र बेचेकोे आशंका गरिएको छ । व्यास नगरपालिका वडा नं. १० अधेरी भन्ज्यागंमा रहेको जनता आधारभुत विद्यालयको लागि शिक्षक छनोटका लागि तयार पारिएको प्रश्न पत्र पौष ७ गते बाहिरिएको आशंकापछि पुन पौष ११ परिक्षा गरिएको छ । उक्त विद्यालयको लागि १ जना विज्ञान शिक्षक आवश्यकता परेको र सार्वजनिक सूचना प्रकाशित गरि शिक्षक माग गर्दा ९ जनाको निवेदन परेको थियो ।
नगरपालिका, विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति र विज्ञ शिक्षकहरुको उपस्थितिमा हुने लिखित परिक्षा परिक्षाको प्रश्नपत्र व्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारीको मिलेमतोमा बाहिरिएको आशंका गरिएको छ । शिक्षक छनोटमा रकमको चलखेल हुने गरेको समाचारहरु बाहिरिरहदा व्यास नगरपालिकाको उक्त शाखामा कार्यरत अधिकृत स्तरका कर्मचारीले रकमको चलखेल गरि प्रश्न पत्र बेचेको आरोप लागेको छ । यसै बिषयमा उक्त शाखाका प्रमुख नगेन्द्रराज रेग्मीसग सम्पर्क गर्दा ”प्रश्नपत्रहरु फोटोकपी गर्नको लागि बाहिर लग्ने क्रममामा धेरैबेर लागेको कारण त्यो शंका भएको र नगरप्रमुखसग सल्लाह गर्दा त्यस्तो गल्ती भएको भए पुन परिक्षा लिन निर्देशन दिए अनुसार पुन: प्रश्न पत्रहरु निकाली परिक्षा लिईएको बताउनु भएको छ साथै रकमको चलखेलको प्रमाण नभेटेको पनि ”उहाँले बताउनुभएको छ ।
व्यास नगरपालिकाजस्तो कार्यालयमा शिक्षक परिक्षाको लागि तयार प्रश्न पत्र बाहिर फोटोकपी गर्न लैजानुलाई मानिसहरुले या त व्यास नगरपालिकामा फोटोकपी मेशिनको अभाव भएकोले लगेको या त फोटोकपी गर्न बाहिर लैजाने निहूँमा रकमको चलखेल गर्नको लागि लगेको आशंका व्यक्त गरेका छन् ।
उक्त शिक्षक छनोट परिक्षामा पहिलो पटक ९ जना सहभागी भई ४ जनाको नाम निस्केकोमा पुन: गरिएको परिक्षामा ८ जना सहभागी भएको र दोश्रोपटकको परिक्षामा पहिला नाम निस्कन सफल २ जना र नयाँ २ जनाको नाम निकाल्न सफल भएको पनि रेग्मीले जानकारी दिनुभएको छ ।








