नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, ७ पक्राउ

  • ख-
  • ख+

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिए ।

घटनामा संलग्‍न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको गिरीले बताए । (कान्तिपुर दैनिकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?