बन्दिपुरमा गठन गरिएको पृथ्वी राजमार्ग बिस्तार सरोकार समिति अनधिकृतः अटेरी गरे कानुनी कारवाही गरिने जिल्ला प्रशासन कार्यालयको भनाई

  • ख-
  • ख+

”सबैले आ – आफ्नो नेतृत्वमा सरोकार समिति गठन गर्न थालेको खण्डमा काम गर्न बाधा पर्ने र उक्त कुरा जनताको हितमा नहुने भएकोले जिल्ला प्रसाशन कार्यालय तनहूँ त्यस्ता समितिलाई करावाही गर्न तत्पर रहेको”

तनहूँ । गण्डकी प्रदेशको प्रदेशद्धार र नेपालकै प्रमुख राजमार्ग मध्येको एक पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडकखण्ड निर्माणको प्रकृया शुरु हुनै लाग्दा विवादले प्रवेश गरेको छ । यहि कार्तिक ३० गते मंगलबार बन्दिपुर गाँउपालिका वडा नं. ५ का अध्यक्ष ध्रुव प्रसाद लामिछानेको अध्यक्षतामा बसेको भेलाले पृथ्वी राजमार्ग विस्तार सरोकार समिति गठन गरेपछि विवाद उत्पन्न भएको हो । अन्य सरोकारवालाहरुसग कुनै छलफल नै नगरि एकपक्षिय रुपमा समिति गठन गरिएको र सडक निर्माण संलग्न कम्पनी चाईना कम्युनिकेशन एण्ड कन्ष्ट्रक्सन प्रा.लि. र पृथ्वी राजमार्ग विस्तार सरोकार समितिबिच कर्मचारी भर्नाको लागि चिठ्ठी आदानप्रदान भएपछि विवाद झनै बढेको छ ।
यसै बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंगद बरालसग प्रश्न राख्दा ”एउटा कुनै वडा अध्यक्षले मात्र होईन कुनै पनि सरोकारवालाहरुले कुनै पनि समिति गठन गर्न नपाईने, कामदार सप्लाई गर्न संचालन गरेको कम्पनी हो भने टेन्डर आव्हान गरेपछि टेन्डर भर्न पाईने र काम गरिररहेको कम्पनीलाई अनावश्यक दुःख दिने, हस्तक्षेप गर्ने गरेको पाईएमा कानुन अनुसार कारवाही हुने बताउनु भएको छ साथै अन्य सरोकारवाला निकायको मौखिक उजुरी पश्चात सम्बन्धित पक्षहरुसग सम्पर्क गर्दा त्यस्तो कुनै कार्य नगरेको बताएको ” सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंद बरालले बताउनुभएको छ ।
”सबैले आ – आफ्नो नेतृत्वमा सरोकार समिति गठन गर्न थालेको खण्डमा काम गर्न बाधा पर्ने र उक्त कुरा जनताको हितमा नहुने भएकोले जिल्ला प्रसाशन कार्यालय तनहूँ त्यस्ता समितिलाई करावाही गर्न तत्पर रहेको” पनि सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंद बरालले बताउनुभएको छ । ”दर्ता नभएको सरकोरवाला बताउने कम्पनीको लेटरप्याडमा चिठ्ठी लेखि कर्मचारीहरु भर्ना गर्न आग्रह गर्नु कहाँसम्म न्याय संगत हुन्छ कानुन सम्मत हुन्छ र ? कोहि कसैलाई पनि समितिको सम्पर्क नजान र समितिले त्यस्तो कुनै काम गरे जिल्ला प्रसाशन कार्यालयमा सम्पर्क राख्न र योग्यता र क्षमताले जागिर पाईने हुँदा त्यस्तो समितिले कसैलाई पनि जागिर लगाउन नसक्ने ” पनि उहाँको भनाई रहेको छ ।

कार्तिक ३० गते मंगलबार बन्दिपुर ५ का वडाअध्यक्ष ध्रुव प्रसाद लामिछानेको अध्यक्षतामा बसेको भेलाले सुदिन पौडेल प्रेमको अध्यक्षतामा १०१ सदस्यिय पृथ्वी राजमार्ग विस्तार सरोकार समिति गठन गरेको छ ।

”दक्षता अनुसार स्थानिय, श्रम र सामग्रीमा अग्रअधिकार हुनुपर्ने मुख्य उद्देश्य र पर्यावरणीय सुरक्षा अनुसार निर्माण कार्य हुनुपर्ने” भन्दै समिति गठन गरिएको समिति सर्वपक्षिय नभएको भन्दै गठनको समयदेखि नै विरोध हुदै आईरहेको थियो । भानु नगरपालिका वडा नं. १ मा चाईना कम्युनिकेशन एण्ड कन्ष्ट्रक्सन प्रा.लि.को कार्यालय नजिकै कार्यालय संचालन गरिएको समितिको साईनबोर्ड कर्मचारीको नाम लिष्ट आदानप्रदान गरेको खबर बाहिरिएपछि हटाईएको उक्त क्षेत्रका स्थानिय तथा सरोकारवालाहरुको भनाई रहेको छ साथै केहि मानिसहरु जम्मा भएर आँबुखैरेनीदेखि पोखरासम्मका सरोकारवालाहरुको प्रतिनिधित्व नहुने पनि उहाँहरुको भनाई रहेको छ ।

यसै बिषयमा पृथ्वी राजमार्ग विस्तार सरोकार समिति गठन भेलाको अध्यक्षता गर्नुभएका बन्दिपुर गाँउपालिका वडा नं. ५ का अध्यक्ष ध्रुव प्रसाद लामिछानेसग पटक पटक फोन सम्पर्क गर्दा उहाँको फोन उठेन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?