पुर्व मन्त्री शंकर भण्डारीद्धारा दमौलीमा एजुकेसन कन्सलटेन्सी उद्घाटन

  • ख-
  • ख+

तनहूँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री शंकर भण्डारीले सान एजुकेसन कन्सलटेन्सीको कार्यालय उद्घाटन गर्नुभएको छ । धण्डारीले बिहीबार ब्यास नगरपालिका वडा नं. ४ स्थित मुनलाईट होटलको दोस्रो तल्लामा स्थापित गरिएको उक्त कार्यालयको रिवन काटेर उनले उद्घाटन गर्नुभएको हो । विदेश गएका नेपालीहरु आफनो मातृभूमि नेपाललाई कदापि विर्सन नहुने बताउनुभयो ।
नेपालका धेरै जसो नेपालीहरु विदेशमा राम्रो काम लगाईदिने प्रलोभनमा ठगिएको बताउदै आफुले रोजगारीका सिलसिलामा पठाएका नेपाली कामदारहरुलाई ठगिनबाट बचाउन सदैव प्रयत्नशील रहन आग्रह गर्नुभयो । राम्रो काममा लगाई दिन्छु भन्दै धेरै कन्सलटेन्सहरुले झुक्याएर विदेश गएपछि आफुले पठाएकाहरुसग सम्पर्क विहिन हुनु,पैसा फसिनु दुखद भएको बताउदै आफुले त्यस्ता मेनपावर उपर कारवाही गराई कानुनी उपचार दिलाउन पहल गरिने बताए ।
सान एजुकेसन कन्सलटेनसीका संचालक नजरत अलि मियाँ,सतार मियाँ र सलमान अलिको संयुक्त कुल २० लाखको लगानीमा स्थापना गरिएको सो कार्यालयबाट कोरिया,जापान,दुवैइ,अमेरिका ,अस्ट्रेलिया ,मकाउ ,ओमन लगाएतका देशहरुमा सेवा दिईने कन्सलटेन्टका संचालक नजरत अलि मियाँले जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा स्थानीय युवा तथा व्यवसायीहरु खेम गुरुङ, दिलबहादुर दरै , टिकाराम सापकोटा, नेक महमद मिया लगाएतका महानुभवहरुको उपस्थिति रहेको थियोे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?