तनहूँ । विविधतायुक्त गाँउशहर, समृद्ध मेरो व्यास नगर नारालाई आत्मासात गरेर अगाडि बढेको व्यास नगरपालिकामा पछिल्लो केहिदिनदेखि फोहोरहरु सडकमा थुप्रिएका छन् । यसैक्रममा नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानको घर अगाडि फोहोरको डंगुर थुप्रिएकोे छ । मन्त्री कृष्णकुमार श्रेष्ठ किसानको नामबाट दमौली बजारको मुख्य चोक नजिकै पृथ्वी राजमार्गको छेवैमा संचालित किसान हार्डवेयर अगाडि फोहोरको थुप्रो छ ।
लामो समयसम्म देशमा राजनितिक स्थिरता नभएको कारण कर्मचारीले चलाउदा पनि डम्पिगं साईटको व्यवस्था हुन नसकेको र स्थानिय निकायको निर्वाचन पश्चात जनप्रतिनिधिहरुको आगमन भएपनि करिब ५ बर्षको कार्यकाल सकिन लाग्दा पनि डम्पिगं साईटको समस्या हल हुन सकेको छैन ।
देशका अन्य शहरको तुलनामा सानो र व्यवस्थित दमौली बजारमा नालीको अवस्था र फोहोर पनि व्यवस्थापन नहुनलाई आम मानिसले जनप्रतिनिधिको उदासिनता बताईरहेका छन् ।









