अमेरिका र युरोपमा कोरोना बिस्फोटः अमेरिकामा एकै दिन भेटिए ५.७२ लाख संक्रमित, फ्रान्समा २.०६ लाख नयाँ संक्रमित

  • ख-
  • ख+

ओमिक्रोन भेरियन्टले युरोप र अमेरिकालाई तहसनहस बनाएको छ । विगत २४ घन्टामा अमेरिकामा ५.७२ लाख, फ्रान्समा २.०६ लाख, बेलायतमा १.८९ लाख, स्पेनमा १.६१ लाख र इटालीमा १.२६ लाख नयाँ संक्रमित थपिएका छन् । यहाँ कोरोनाको पाँचौ लहरका कारण लाखौँ संक्रमित दर्ता भएका छन् । डब्ल्यूएचओले पनि डेल्टा र ओमिक्रोन भेरियन्टका कारण स्वास्थ्य प्रणाली नै विनाशकारी अवस्थामा पुग्ने गरी सुनामी आउने चेतावनी दिइसकेको छ ।
गत साता कोरोनाको विश्वव्यापी संक्रमणमा ११ प्रतिशतको वृद्धि भएको थियो । अमेरिकामा फ्रान्सको भन्दा पनि बढी संक्रमित थपिएका छन् । फ्रान्समा ओमिक्रोनले डेल्टालाई पछि पारेर सबैभन्दा संक्रामक भेरियन्ट बनेको छ । देशको सार्वजनिक स्वास्थ्य एजेन्सीले यसबारे जानकारी गराएको हो । एजेन्सीका अनुसार गएका दिनहरुमा ओमिक्रोनको मामिलामा तीव्र दरमा वृद्धि भएको छ ।

स्पेनमा २४ घन्टामा १.६१ लाख नयाँ कोरोना संक्रमित, ७४ को मृत्यु

स्पेनमा विगत २४ घन्टामा १ लाख ६१ हजार ६८८ नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ७४ जनाको मृत्युसमेत भएको छ । स्पेनमा मृत्यु हुनेको संख्या ८९ हजार ४०५ पुगेको छ । हालसम्म स्पेनमा ६२ लाख ९४ हजार ७४५ मानिस कोरोना संक्रमणको चपेटामा आइसकेको स्पेनका राष्ट्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैले कोरोनालाई थप पैmलिन नदिन नयाँ वर्ष मनाउने विधिमा पनि निर्देशिका जारी गरिने मन्त्रालयले जनाएको छ ।

अमेरिकामा संक्रमणका कारण उडानमा पनि असर, करिब एक हजार उडान रद्द

अमेरिकामा कोरोना र ओमिक्रोनको बढ्दो मामिलाको असर हवाई उडानमा पनि परेको छ । न्यूयोर्क टाइम्सको बिहिबार राती जारी रिपोर्ट अनुसार देशमा करिब एक हजार उडान रद्द गरिएको छ । यसकारण बिदाको समयमा यात्री निकै तनावमा परेका छन् । एयरलाइन्स कम्पनीसँग कर्मचारीको कमी भइरहेको छ । कम्पनीले निकै कोसिस गरे तर यति हुँदा हुँदै पनि कर्मचारीको कमी भइरहेको छ । यद्यपि, खराब मौसम पनि उडान रद्द हुने एक प्रमुख कारण हो । शुक्रबार ५ सय उडान रद्द हुने आशंका छ ।

अमेरिकामा ओमिक्रोनको बढ्दो मामिलाका कारण कोरोना केसमा लगातार वृद्धि भइरहेको छ । न्युयोर्क टाइम्सका अनुसार बुधबार यहाँ कोरोनाको रेकर्ड ४.८८ लाख नयाँ संक्रमित भेटिएका छन् जबकी १२०७ को मृत्यु भएको छ । मंगलबार यहाँ ३.८८ लाख कोरोना संक्रमित भेटिएका थिए । अमेरिकामा पछिल्लो २ हप्ताभित्र अस्पतालमा भर्ना हुनेको संख्यामा ११ प्रतिशतको वृद्धि भएको छ । (एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?