मुख्यमन्त्रीबाट पदमुक्त भएको चार महिनापछि शेरधन राईले फिर्ता गरे सरकारी गाडी

  • ख-
  • ख+

प्रदेश १ पूर्व मुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवा सुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् ।

उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयो, दाहालले भने मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।

मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवा सुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवा सुविधा राईले ४ महिना प्रयोग गरे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनले को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालय खोलिएको विषयमा चर्को विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो ।

वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राखेका छन् । (रातोपाटीबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?