एमाले तनहूँ अध्यक्षका लागि ४ जना आकांक्षीः थपिने क्रम जारी

  • ख-
  • ख+

नेकपा एमाले तनहूँको आगामी नेतृत्वका लागि ४ जना आकांक्षी देखिनुभएको छ । । अध्यक्षका लागि गण्डकी प्रदेशसभाका सदस्य एवं नेपाल एमाले गण्डकी प्रदेशका सदस्य रामबहादुर गुरुगं, वर्तमान कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, कार्यवाहक सचिव बिष्णुभक्त सिग्देल र नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिराज कडेंलले आ आफ्नो तर्फबाट लविङ सुरु गर्नुभएको छ । ।

गण्डकी प्रदेश सभा सदस्यको आफुले विकास निर्माणमा उल्लेख्य भुमिका खेलेको हुनाले आफुले पार्टीलाई अझै राम्रोसग हाँक्न सक्ने भएकोले आफ्नो दावी रहेको गण्डकी प्रदेशसभाका सदस्य एवं नेपाल एमाले गण्डकी प्रदेशका सदस्य रामबहादुर गुरुगंको रहेको छ भने । कार्यवाह अध्यक्षको रुपमा आफुले काम गरिरहेको हुनाले स्वभाविक अध्यक्षको दावेदार आफु नै रहेकोले अहिले जसरी पनि नेतृत्व पाउनुपर्ने वर्तमान कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठको दावी रहेको छ ।

युवा पुस्ताको नेतृत्वको आवश्यकता महसुस गरिरहेको वेला आफुलाई पनि बलियो दावेदार सोच्नुपर्ने कार्यवाहक सचिव बिष्णुभक्त सिग्देलको भनाई रहेको छ ।
कम्युनिष्ट पार्टीमा योगदानको कदर हुने भउकोले नेता तथा कार्यकर्ताले आफ्नो पनि उचित मुल्यांकन हुने र आउदो जिल्ला अहधिवेशनमा आफ्लाई जिल्ला अध्यक्ष बनाउने नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिराज कडेंलको विश्वाश रहेको छ ।

दलिततर्फ १० बराबर १ प्रतिनिधि हुनेछन् । ८६ वडालाई केन्द्र मानेर प्रतिनिधि छानिने छन् । हरेक जनसंगठनबाट १/१ जना प्रतिनिधि छानिने छन् ।
एमालेले जिल्ला अधिवेशनमा ५ सय ५० जति सय प्रतिनिधि सहभागी हुने गरी मापदण्ड तय गरेको छ । कार्यवाहक सचिव बिष्णुभक्त सिग्देलका तनहूँमा नेकपा एमालेका ६ हजार ९८ जना संगठित सदस्यहरु हुनुहुन्छ ।

पुस २३ गते हुन गइरहेको नेकपा -एमाले) तनहूँको अध्यक्षमा अहिलेका अध्यक्ष केदार सिग्देल नदोहोरिने निश्चित भएपछि नेतृत्वको रस्साकस्सी अगाडि बढेको छ भने जिल्ला अध्यक्षका आकांक्षीहरुको संख्या पनि बढ्ने सम्भावना रहेको छ ।

स्थानीय नेताहरुका अनुसार ४ जना आकांक्षी रहेको चर्चा चलेपनि अहिले नेतृत्वको बलियो दाबेदार भने गण्डकी प्रदेशसभाका सदस्य एवं नेपाल एमाले गण्डकी प्रदेशका सदस्य रामबहादुर गुरुगं, वर्तमान कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ नै रहनुभएको छ।
तनहूँमा नेताहरु बिच पार्टीको संसदिय विभाग र संगठन विभाग फरक फरक हुनुपर्ने भएकोले एउटै व्यक्तिलाई संसदिय र संगठनको विभागको जिम्मेवारी सुम्पन नहुने आवाज उठिरहेको एक स्थानिय नेताकोे भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?