वडा अध्यक्षले मागे माफिः आईन्दा त्यस्तो गल्ती नगर्ने वाचा

  • ख-
  • ख+

(तस्विरः सांकेतिक)

तनहूँ । तनहूँ जिल्लाको एक स्थानिय तहका वडा अध्यक्षले माफि माग्नुभएको छ । बन्दिपुर गाँउपालिका वडा नं. ५ का अध्यक्ष ध्रुव प्रसाद लामिछानेले गल्ती स्विकार गर्दै माफि गर्नुभएको हो । उहाँले कार्तिक ३० गते मंगलबार आफ्नो अध्यक्षतामा भेला राखि पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन पोखरा सडकखण्ड निर्माणको प्रकृया शुरु हुनै लाग्दा ” पृथ्वी राजमार्ग बिस्तार सरोकार समिति” गठन गर्नुभएको थियो । तत्पश्चात आम सर्वसाधारण र जिल्ला प्रसाशन कार्यालयबाट उक्त समितिको औचित्यतामाथि प्रश्न उठाएपछि वडा अध्यक्ष लामिछानेले ”आफुले समिति गठन गर्दा गल्ती गरेको” बताउदै माफि माग्नुभएको हो ।
”मलाई जिल्ला प्रसाशन कार्यालयबाट पनि सम्पर्क गरेर राजमार्ग बिस्तारको काम कारवाहीलाई प्रभावित हुने गरि कुनै पनि समिति बनाउन नपाईने बताउनुका साथै अन्य सरोकारवालहरुले पनि उक्त समिति निर्माणको प्रक्रिया र औचित्यतामाथि प्रश्न उठाएका कारण सबैले नियम कानुनको पालना गर्नुपर्ने भएकोले उक्त समितिलाई कुनै पनि काम कारवाही नगर्न निर्देशन दिएको र भविष्यमा यस्ता कुनै समिति निर्माणमा आफु संलग्न नहुने ” पनि उहाँले बताउनुभएको छ ।

समिति गठन गरिएको समिति सर्वपक्षिय नभएको भन्दै गठनको समयदेखि नै विरोध हुदै आईरहेकोमा पछिल्लो सडक निर्माण संलग्न कम्पनी ”चाईना कम्युनिकेशन एण्ड कन्ष्ट्रक्सन प्रा. लि.” लाई पृथ्वी राजमार्ग विस्तार सरोकार समितिले कर्मचारी भर्नाको लागि सिफारिस दिएपछि विवाद बढेकोले जिल्ला प्रसाशन कार्यालयको ध्यान आर्कषण भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंद बरालले ”सबैले आ – आफ्नो नेतृत्वमा सरोकार समिति गठन गर्न थालेको खण्डमा काम गर्न बाधा पर्ने र उक्त कुरा जनताको हितमा नहुने भएकोले जिल्ला प्रसाशन कार्यालय तनहूँ त्यस्ता समितिलाई करावाही गर्न तत्पर रहेको” बताउनुभएको थियो । वडाअध्यक्ष लामिछानेका अनुसार ‘‘दर्ता नभईकन संचालन गरिएको उक्त समिति जिल्ला प्रसाशन कार्यालय तनहूँ र वडा कार्यालयको निर्देशन पछि निस्क्रिय भएको छ ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?