विराटनगरको नोबेल मेडिकल कजेलमा विद्यार्थीले गरे तालाबन्दी

  • ख-
  • ख+

आरजु पौडेल । काठमाण्डौ । कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क असुल गरेको अरोप लगाउदै उक्त कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले विराटनगरको नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।

एमबीबीएस पहिलो वर्षका लागि पहिलो किस्तावापत विद्यार्थीले १४ लाख ७८ हजार ६७५ रुपैयाँ बुझाइसकेपनि कलेजले विश्वविद्यालय रजिष्टे्रशन शुल्क, होस्टलमा अनिवार्य बस्नुपर्ने भन्दै होस्टल शुल्क र इन्टर्नसिप बापतको शुल्क पनि माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा नोबेलले इन्टर्नसिप शुल्क नलिने सहमति गरेको थियो । होस्टल र रजिष्ट्रेसन शुल्क तिरेपछि विद्यार्थीलाई प्रवेश दिने कलेज प्रशासन प्रतिवद्धता जनाएको थियो । तर कलेजले तोकेको अतिरिक्त शुल्क बुझाएका २७ जना विद्यार्थीले मात्र कक्षाकोठामा प्रवेश पाएका थिए ।
अतिरिक्त शुल्क नदिनेलाई कक्षाकोठामा प्रवेश नदिएको विरोधमा विद्यार्थीहरुले आईतवारदेखि प्रदर्शन गरेका थिए । कलेज प्रशासन जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सहमति गर्न लागु नभएपछि विद्यार्थीहरुले आज तालाबन्दि गरेका हुन् ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कमा विश्वविद्यालय सम्बन्धन शुल्क, सामाजिक तालिम शुल्क, इन्टर्नसीप शुल्क, प्रयोगशाला परीक्षण शुल्क, भर्ना शुल्क, परीक्षा तथा अतिरिक्त क्रियाकलाप शुल्कसमेत समावेश हुने भए पनि अतिरिक्त शुल्क मागेको विद्यार्थीको गुनासो छ ।

(आरजु पौडेल, काठमाण्डौ )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?