तनहूँ । तनहूँको म्याग्दे गाँउपालिकामा कर्मचारी नियुक्तीमा मनपरि भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८३ (८) मा स्थानीय तहले नगर प्रहरी, सवारी चालक, प्लबर, चौकीदार, माली लगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था गरेको छ तर गाँउपालिका कार्यालयले उल्लेखित पद बाहेकका पदमा पनि राखेको छ । त्योभन्दा महत्वप्पूर्ण कुरा त रिक्त दरवन्दि नभएको पदमा समेत करारमा राखि खर्च गरेको छ । गाँउसभाले निर्णय गरेर थप दरवन्दि श्रृजना गरेको जनाएपनि संगठन तथा दरवन्दि श्रृजना नगरि राख्नु राजश्वको चरम दुरुपयोग गरेको प्रष्टरुपमा देखिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७४।१२।१४ मा जारी स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने कार्यविधी , २०७४ मा स्वीकृित दरवन्दीभन्दा वाहिर अन्य रुपमा कर्मचारीहरु राखी तलब भत्ता वा पारिश्रमिक भुक्तानी गर्न नमिल्ने र त्यस्तो कार्य प्रचलित कानुन विपरित भई भुक्तानी गर्ने पदाधिकारीबाट असुल उपर हुने व्यहोरा उल्लेख हँुदा हुदै पनि म्याग्दे गाँउपालिकामा आफ्नो क्षेत्राधिकार र कार्यबोझ बिस्लेषण नगरि १६ जना कर्मचारीहरु राखि मनपर्दीसग खर्च गरिएको देखिएको छ ।
सिंहदरवारको अधिकार गाँउगाँउमा भनेपनि नियम कानुन मिच्दै तनहूँका अन्य पालिकाहरुमा मनपर्दीरुपमा कर्मचारीहरु नियुक्ती गरेर स्थानिय जनप्रतिनिधिहरुबाट कानुनको धज्जी उडाईएको पाईएको छ । यसै बिषयमा उक्त गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीसग सम्पर्क गर्दा उहाँले गाँउपालिकालाई आवश्यक भएर राखेकोमा महालेखा परिक्षकको कार्यालयले त्यो कुरा बुझ्न नसकेको बताउनुभएको छ ।
त्यसैगरि म्याम्दे गाँउपालिकामा नै कर्मचारीले विज्ञापनमा गर्दा पाउने छुट रकम पालिकाको खातामा जम्मा नगरि आफैले लिएको बिषयले पनि चर्चा पाएको थियो उक्त विषयमा उक्त गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अधिकारीसग प्रतिक्रिया लिदा उक्त कार्य आफ्नो कार्यकालमा नभईकन अघिल्ला अधिकृत हरिराम नागिलाको पालामा भएको र आफुले असुल उपरको लागि पत्राचार गरिसकेको बताउनुभएको छ।
(महालेखा परिक्षक कार्यालयको २०७८ भाद्र ४ मा प्रकाशित प्रतिवेदनमा आधारित)








