नेताको अर्डर नमान्दा तनहूँका सहायक सिडियोको सरुवा !

  • ख-
  • ख+

तनहूँ । हल्लै हल्ला बिच तनहूँका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव चित्रांगत बरालको सरुवा भएको छ । बरालको नवलपरासी जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको हो । पोखराका बासिन्दा बराल करिब १९ महिनादेखि जिल्ला प्रशासन कार्यालय तनहूँमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

निडर र स्पष्ट स्वभावका बराललाई तनहूँको एक केन्द्रिय तहका नेताले नागरिकताको बिषयमा काम गरिदिन आग्रह गर्दा कानुन अनुरुप नमिल्ने जवाफ फर्काएपछि बरालको सरुवा भएको आशंका गरिएको छ । यसै बिषयमा सम्पर्क गर्दा ”तनहूँमा सबै राजनितिक दलका नेता तथा कार्यकर्ताहरुसग आफ्नो सम्बन्ध राम्रो रहेको , सरुवा सामान्य प्रक्रिया रहेको साथै कानुनी रुपमा हुन सक्ने र गर्न सक्ने कामहरुमा आफुले सानो ठुलो नभनिकन सबैको काम गरिदिएको ” बरालले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?