लिभिङ टुगेदरमा बस्ने युवक–युवती काठमाडौँमा मृत फेला

  • ख-
  • ख+

काडमाण्डौ । लिभिङ टुगेदर बसेका एक युवक र युवती काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।

कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएका हुन् । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् । अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याएका थिए । तर, अस्पतालमा उनको मृत्यु भयो ।

अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । उनीहरु दुवैजना पब्जीको लतमा थिए । अमिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका हुन् । कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको छ । (साभारः रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?