आँउदो चुनावमा नेपाली कांग्रेसलाई पराजित गर्नुभन्दा मसग अरु कुनै उपाय नै छैनः कांग्रेस नेता जोशी

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका पुर्व सह महामन्त्री तथा पुर्व मन्त्री गोविन्दराज जोशीले कांग्रेसका केहि नेताहरुले आफुलाई पेलेर सिध्याउन खोजको कारण तनहूँ कांग्रेसको भविष्य राम्रो नभएको बताउनुभयो । तनहूँको दमौलीमा भएको एक पत्रकार भेटघाट कार्यक्रममा उहाँले गोविन्दराज जोशीसग बोलेकै भरमा , गोविन्दराज जोशीको शुभचिन्तक भएकै भरमा जिल्लामा ७ हजार साथीहरुलाई क्रियाशिल सदस्यताबाट बन्चित गरिएको उहाँले बताउनुभएको थियो ।
मैले विगत केहि दिनदेखि तनहूँ जिल्ला निर्वाचन क्षेत्र नं १ का ४० बडामा ९१ वटा कार्यक्रमहरु गर्दा पार्टी कार्यकर्ताले मेरोे आवश्यकता महसुस गरेको र जिल्लामा सच्चा कार्यकर्ताको बिचल्ली भएको देखेर आउदो सबै तहका निर्वाचनमा जो सुकैसग पनि आफुले सहकार्य गर्न सक्ने उहाँले बताउनुभएको थियो । जिल्ला नेतृत्वले कांग्रेसका सच्चा नेता तथा कार्यकर्ताहरुलाई गलत्याएर एकलौटि पार्टी संचालन गरिरहेकोले आफुले आफ्नो टिकट आफै लिउ, योग्य व्यक्ति लाई जिताउ भन्ने अभियान संचालन गर्न लागेको पनि उहाँले बताउनुभएको थियो ।
अब आफुलाई कारवाही फुकुवा गरेरमात्र समस्याको सामाधान नहुने समग्र पार्टीमा अन्यायमा परेका कार्यकर्ताहरुलाई पनि पार्टीपंक्तिले हेर्नु पर्ने र त्यो सम्भावना अत्यन्तै कम भएकोले अब नेपाली कांग्रेसले चाहान्छ भने चुनावमा सहकार्य हुन सक्ने पनि उहाँले स्पष्ट पार्नुभएको थियो ।
आफुले पंचायतकालमा दुःख कष्ट गरि स्थापना गरेको पार्टीमा पछि कम्युनिष्ट पार्टी छोडि आउने कम्युनिष्टको जिन भएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हालिमुहाली गरेर आफु र सच्चा कांग्रेसीको अवमुल्यन गरेको पनि उहाँको भनाई रहेको थियो । पार्टीले आफुलाई र कार्यकर्तालाई अन्याय गरेकोले चुनावमा उमेदवार हुनु र नेपाली कांग्रेसलाई पराजित गर्नुभन्दा आफुसग अरु उपाय नभएको पनि नेता जोशीले उक्त अवसरमा बताउनुभएको थियो ।

माघ मसान्तसम्म पालिकास्तरीय भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा शहिद पत्नि तथा पुर्व महासमिति सदस्य बालकुमारी लोहनी अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?