तनहूँ । तनहूँ जिल्लाको व्षस नगरपालिका वडा नं. तालघरेमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । आज ३ बजे राति तालघरेको घुमाउने घर नजिकै भएको दुर्घटनामा पिक अप भ्यान चालक करिब ५० बर्षका हरिबहादुर थापाको मृत्यु भएको हो । घर फर्कनेक्रममा रहेका थापाको पिकअप भ्यान पृथ्वी राजमार्गको सडकमा दुर्घटना भएको थाहा पाएपश्चात स्थानियहरुले प्रहरीलाई खबर गर्नुभएको थियो ।
म्याग्दे गाँउपालिका वडा नं. ६ छविसेका थापाको कसरी मृत्यु भयो ? गाडि को दुर्घटना कसरी भयो ? सो बारेमा अनुसन्धान भईरहकोे जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।








