मानहूँकोटमा बतास समुह छिरेको भन्नु हल्लामात्रः नगर प्रमुख न्यौपाने

  • ख-
  • ख+

तनहूँ । विवादित बतास समुहलाई मानहूँकोटमा संरचना बनाउन जग्गा ठेक्कामा दिएको भनाईमा कुनै सत्यता नभएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभएको छ । आज एक पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिदै न्यौपानेले व्यास नगरपालिकामा बिकास निर्माण गर्नको लागि विभिन्न कम्पनि र संस्थाहरुसग कुराकानी भईरहेको र कुनै एक संस्थाले मानहूँकोटमा भौतिक संरचना ताथ अन्य कार्यहरु गर्नको लागि जग्गाहरु हेरेको र आजका मितिसम्म नगरपालिकाबाट कुनै पनि कम्पनिसग सम्झौता नभएको स्पष्ट पार्नुभएको छ । साथै वहाँले कुनै पनि क्षेत्रको विकास निर्माण गर्नको लागि स्थानिय निकायले मात्र नसक्ने र नेपालको कानुन अनुरुप कुनै पनि कम्पनिसग सम्झौता हुन सक्ने बताउनुभएको छ ।

व्यास नगरपालिकाको विकासको लागि नगरपालिका कटिबद्ध रहेको र माहूँकोटमा बतास समुह छिरेको भन्ने केवल हल्लामा भएको नगरप्रमुख न्यौपानेले बताउनुभएको थियो ।

माहूँकोटमा बतास समुह छिरेको भन्ने केवल हल्लामा भएको नगरप्रमुख न्यौपानेले बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?