विभिन्न दुर्घटनामा ३ जनाको मृत्यु

  • ख-
  • ख+

काठमाडौं / काठमाडौंका मिनभवन र बिजुलीबजारमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मिनभवनमा बागमती प्रदेश ०२.०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ ।

उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

यसैगरी बिजुलीबजारमा गएराति साढे ११ बजे नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको मृत्यु भएको छ ।

बिजुलीबजारमा रहेको मायालु रोधीघरमा साथीहरुसँग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा विपिनमा सडकमा निस्किएका थिए । त्यहीबेला विपिनलाई टिपरले ठक्कर दिएको र सिभिल अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरले जनाएको छ ।

ठक्कर दिने टिपरको नम्बर नखुलेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि वीरगञ्जदेखि सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको हो । शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ ।

बसमा सवार ८ जनाभन्दा धेरै घाइते छन् ।
घाइते सबैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार थिए ।

प्रहरीका अनुसार बस अनियन्त्रित भएर २० मिटर तल पुगेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको थियो। (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?