नेकपा एमाले तनहूँको उपाध्यक्षमा हरिराज कडेंल र सचिवमा राजेश्वर ढकाल विजयी

  • ख-
  • ख+

तनहूँ । नेकपा एमाले तनहूँको नवौं अधिवेशनमा जिल्ला उपाध्यक्षमा हरिराज कडेंल र सचिवमा राजेश्वर ढकाल विजयी हुनुभएको छ । उपाध्यक्षका अर्का उमेदवार मेखबहादुर थापाले १६८ मत प्राप्त गर्दा कडेंलले ३६४ मत प्राप्त गर्नुभएको हो । त्यसैगरि सचिव पदका विजयी उमेदवार राजेश्वर ढकालले ३२० मत गर्दा अर्का उमेदवार बिष्णुभक्त सिग्देलले २१९ मतप्राप्त गर्नुभएको छ ।

हिजो भएको मतदानमा जम्मा ५६८ मत खसेको निर्वाचन समितिको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्