पृथ्वी जयन्तिमा विदा नगरि ईतिहासको अपमान गर्नेलाई जनताले दण्डित गर्ने राप्रपा तनहूँको निष्कर्ष

  • ख-
  • ख+

तनहूँ । तनहूँमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाईयो । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहूँको आयोजनामा ३०० औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस तनहूँको दमौलीमा भव्य रुपमा मनाईयो । हातमा नेपालको झण्डा बोकि बाजागाजा सहित दमौली बजारको परिक्रमा गरेको जुलुस दमौली बजारको अनसन चौतारीमा पुगी कोणुभामा परिणत भएको थियो । राप्रपाका केन्द्रिय सदस्य डाक्टर महेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमख अतिथि कार्कीले सहित लोकतन्त्रवादीहरु हौ भन्नेले राष्ट निर्माता पृथ्वी नारायण शाको अवमुल्यन गरेको , मुर्ति फोरेर, कलेज तथा विद्यालयमा आगो लगाएर देशको रक्षा नहुने बताउनुभएको थियो ।
जस्ले ईतिहासको अवमुल्यन गर्छ त्यसलाई जनताले एकदिन दण्डित गर्नेछन् उक्त अवसरमा काकीृले बताउनुभएको थियो ।
राप्रपा तनहूँका अध्यक्ष विनोद घर्तिको अगुवाईमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले पृथ्वी नारायण शाहको तस्विरमा माल्र्यापर्ण गर्दै विदेशका मानिसहरुको चाडवाडमा विदा दिने सरकारले पृथ्वी जयन्तिमा विदा नदिएर जनताको घोर अपमान गरेको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्