राष्ट्रिय एकता दिवस मनाउन सिहदरवार अगाडि पुग्दा ज्ञानेन्द्रको सामु घन्कियो गणतन्त्र मुर्दावादको नारा

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिहदवार अगाडि रहेको श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न गएको समयमा उहाँका शुभेच्छुकहरुले गणतन्त्र मुर्दावादको नारा लगाउनुभएको छ । सिंहदरबार मुलगेटअघि रहेको सालिकमा पुगेर उहाँले माल्यार्पण गरिरहदा ‘गणतन्त्र मुर्दावाद’ को नारा लागेको थियो ।
पूर्वराजा ज्ञानेन्द्र दिउँसो साढे १२ बजे समर्थकहरूसहित सिंहदरबार अगाडि पुग्नुभएको थियो । हातमा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका समर्थकहरूले गणतान्त्रिक व्यवस्थाविरोधी नारा लगाउनुभएको हो । उक्त अवसरमा ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ जस्ता नाराहरु पनि लागेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?