तनहूँ । आगामी फागुन महिनामा हुन लागेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल शिक्षक संद्धको नेतृत्वको दलागि रमेशबाबु भट्टराईले दावी गर्नुभएको छ । अस्थायी कर्मचारी अस्थायी शिक्षक राहत शिक्षक र निजि शिक्षकहरुको सेवा सुबिधाका लागि र स्थायित्वका लागि अग्रमोर्चा तयार गर्दै शुरु देखि आबाज उठाउदै निरन्तर लागि रहने अथक रुपमा लागिरहेको, शिक्षक पेशागत हक हितका लागि न्यायका लागि लडिरहेको हुनाले पनि आफ्नो उमेदवारी रहेको उहाँको भनाई रहेको छ ।
त्यसैगरि शिक्षक संघको अध्यक्षको लागि अन्य व्यक्तिहरुको पनि चर्चा शुरु भएको छ । शिक्षक संघका वर्तमान उपाध्यक्ष ओजराज बगालेले पनि आफ्नो उमेदवारी प्रस्तुत गर्नुभएको छ । उपाध्यक्ष भएको कारण आफ्नो आकांक्षा स्वाभाविक भएको उहाँको भनाई रहेको छ ।
शिक्षक तथा कर्मचारीको हितको लागि निस्वार्थ काम गर्न नेतृत्वलाई बाधा अवरोध र सकस भईंरहेको समयमा भट्टराई र वगालेको उमेदवारीले शिक्षकहरुलाई निडर र सक्षम प्रतिनिधि चयन गर्ने अवसरको रुपमा लिनुभएको छ ।
अस्थायी शिक्षक हकहित मंचको केन्द्रिय अध्यक्षका रुपमा शिक्षकहरुको सम्मानले पुर्याउनुभएका योगदान पुर्याउनुभएका रमेशबाबु भट्टराई र वर्तमान उपाध्यक्ष बगालेले अध्यक्ष पदमा आकांक्षा देखाएसगै अन्य आकांक्षीहरु पनि खुल्ने क्रम बढ्ने एक शिक्षक नेताको भनाई छ ।
भट्टराईको उमेदवारीले तनहूँ कांग्रेसको राजनीतिमा फेरि एउटा तरंग उत्पन्न हुने र गुटवन्दि शुरु हुने धेरैको अनुमान रहेको छ ।










