रानीगाँउमा नेपाली कांग्रेसमाथि नेकपाको हमला

  • ख-
  • ख+

तनहूँ । मंसिर ९ । नेपाली काङ्ग्रेस परित्याग गरि व्यास नगरपालिका वडा नं. ११ रानीगाउँमा झलक पौडेलको नेतृत्वमा ३८ जना व्यक्तिहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्ने व्यक्तिहरुलाई तनहूँ जिल्ला क्षेत्र नं. १ सांसद माननीय कृष्ण कुमार श्रेष्ठ किसानले खाँदा , अविर लगाएर स्वागत गर्नु भएको थियो । लामो
समयसम्म शिक्षण पेशामा आवद्ध रहि भर्खर सेवा निवृत्त हुनुभएका झलक पौडेल र अन्य व्यक्तिहरु त्यसक्षेत्रको एउटा चिरपरिचत र धेरै मानिसहरुमाझ लोकप्रिय व्यक्तिहरुको रुपमा परिचित हुनुहुन्छ ।
नेकपा व्यास नगरपालिका वडा नम्बर ११ कमिटीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी माननीय कृष्ण कुमार श्रेष्ठ ( किसान ) ले नेकपाले देशको लागि काम गरेको देखेर नेकपालाई विश्वास गरेकोमा सबैलाई बिकासको कार्यमा सहभागि गराउने बताउनुभएको थियो ।
नेकपा वडा नम्बर ११ का अध्यक्ष ज्ञानभक्त थापाको अध्यक्ष्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा व्यास नगरका संयोजक श्रीराम कार्की, नेकपा जिल्ला कमिटीका सल्लाहकार माधब बहादुर पन्त, नेकपा जिल्ला कमिटीका सदस्यहरु गोपाल सुर्खाली, निर्मल पण्डित लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
उक्त रानीगाँउमा नै केहि समय अगाडि ठुलो संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरु पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका थिए । केहि समय अगाडि धेरै युवाहरु कांग्रेस परित्याग गर्नु र मंगलबार फेरि उक्त क्षेत्रका नेपाली कांग्रेसमा आवद्ध लोकप्रिय व्यक्तिहरु नेकपा प्रवेश गर्नुलाई नेकपाले नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेस माथी गरेको दरो हमलाको रुपमा लिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्