(व्यास नगरपालिकाको कार्यालयबाट २० मिटरको दुरीमा रहेको नालीको अवस्था)
तनहूँ । देशमा संघियता आयो । केन्द्र , प्रदेश देखि स्थानिय तहसम्म जनप्रतिनिधिहरु पाईयो । चिल्लो गाडिमा हिड्नको लागि तछाडमछाड गर्नेहरुको भिड देखियो तर आफुले गरेका बाचा गाँउ, शहर, जिल्ला, प्रदेश र देशको समस्या सामाधान गर्ने तर्फ अग्रसर जनप्रतिनिधिहरु नेपालभर खासै भेटिएको छैन ।
केहि राम्रा कामहरु भएपनि व्यासको तपोभुमि तनहूँको व्यास नगरपालिकाका जनप्रतिनिधिहरु पनि नेपालका बहुमत जनप्रतिनिधिहरु भन्दा खासै भिन्न रहन सक्नुभएको छैन । व्यासमा केहि राम्रा उदाहरिण कामहरु भएका छन् र केहि केपी ओलीले झै सपनाका पुलिन्दा बाड्ने काम भएका छन् ।
मानहूँगंकोटको विकास, व्यास नगर अल्टाम्याराथन, बाटो निर्माण, बाटो पिचलाई राम्राहरुको सूचिमा राख्नु नै पर्दछ भने मादीमा ताल निर्माण लगायतका कामहरुको बारेमा पनि अध्ययन अनुसन्धान भईरहेका छन् । तर पनि व्यास नगरपालिका आउने मानिसले दमौली बजारको मुख्य क्षेत्रको नालीको अवस्था देख्यो भने सजिलै भन्नेछ नगर बनाउछु भन्नेले नालीसम्म पनि बनाएनन् है !
कुनै पनि शहरको चिनारी उस्को प्रवेश गर्दाको पर्ने प्रभावले नै दिने गर्दछ । त्यस्को मुटुमा पुगेपछि नै थहा पाउने गरिन्छ यो शहर कस्तो हो भनेर । तनहूँको सदरमुकामा दमौली, तनहूँको पुरानो नगरपालिका , व्यासको तपोभुमी शहरको मध्य भाग व्यास नगरपालकाको मुखैमा रहेको नाली, व्यास नगरपालिकाको कार्यालयबाट २०, ३० मिटर दुरीको नालीको अवस्था बर्षौदेखि यस्तै छ भन्दा माथिको शिर्षकलाई पचाउनु नपर्ने कुनै पनि कारण भेटिदैन । अझ बर्षाको समयमा दमौलीको मुख्य सडक पृथ्वी राजमार्गको नालीको त कुरा गरिसाध्यनै छैन तालघरे हुदै, बागबजार, मनकामना फिल्महल चोक, भोर्र्लेटारचोक कालिकामार्गचोक, सफासडक चोक, तरकारी बजारदेखि दुर्गा मन्दिरसम्म नालीको अवस्था दुवैतिरको अत्यन्तै नाजुक छ । धेरैजसो स्थानमा नालि पुरिएको छ नपुरिएको छ, ठाँउ ठाँउमा स्ल्याव फुटेका छन् , नालीमा पानी बग्ने ठाँउ नै छैन । नाली हो सफा गन्धरहित त हुनै सक्दैन तैपनि दमौली बजारको मुख्य सडकक्षेत्रको नाली नाली जस्तो नै छैन । उक्त स्थानमा नालीको अवस्था देख्दा सजिलै भन्न सकिन्छ दमौली बजार अझ पृथ्वी राजमार्गको नाली व्यवस्थित गर्ने सवालमा स्थानिय निकायको उपस्थिति बर्षौदेखि शुन्य नै छ ।
यति हुदाँ हुदै पनि कुनै जनप्रतिनिधिहरुले मैले हिजो चुनाव प्रचारको समयमा व्यास नगर बनाउने वाचा गरेको थिए र व्यास नगरपालिकामा बिकास गरेको छु नि भनेर भन्नुहुन्छ भने उहाँलाई भन्नुहोला ”पंचायतकालदेखि असरल्ल दमौलीको नालीको विचल्ली छ नगर बनाउछु भन्नेले नालीसम्म पनि बनाउनुभएको छैन भो विकासका कुरा नगरौ ।”
( संलग्न उपलब्ध तस्विरहरु व्यास नगरपालिकाको कार्यालयबाट २० देखि ५० मिटरको दुरीका हुन् ।)
















