ट्याक्टर चलाउदा खसेका चालकको अस्पताल लैजाँदालैजाँदै मृत्यु

  • ख-
  • ख+

काठमाडौं । सर्लाहीमा गोडैता नगरपालिका ४ रोहवामा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ ।

आइतबार राति करिब साढे ११ बजे ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको हो ।
ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?