फोहोर बन्दै गईरहेको मानहुँकोट सरसफाई

  • ख-
  • ख+

मंसिर १० , तनहूँ । तनहूँ ख्रीष्टिय युवा संगतीका जवानहरुले बुधबार तनहुँको मानहुँकोटमा सरसफाई गरेका छन् । दमौलीबाट ६ कि.मि. टाढा रहेको मानहुँकोटमा दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक आएपछि फोहोर मैला व्यवस्थापनमा राम्रोसंग नभएको स्थानियको गुनासो रहेको थियो । बुधबार व्यास ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका बोल्दै वडा अध्यक्ष श्रेष्ठले सरसफाई अभियानमा जुट्नु भएकोमा सम्पुर्ण तनहूँ ख्रीष्टिय युवा संगती परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । वहाँले “मानहुँकोटको सरसफाई हामी सबैको दायित्व हो, वडाको मात्र प्रयासले यो सम्भब छैन् , नागरिक स्तरबाट नै सरसफाईमा ध्यान दिनु पर्छ” भन्नुभएको थियो । साथै वहाँले तनहूँको विभिन्न ठाउँबाट आएर मानहुँकोट सरसफाई गरिदिनु भएकोमा तनहूँ ख्रीष्टिय युवा संगतीलाई आभार पनि व्यक्त गर्नुभएको थियो । वहाँलेले सोही कार्यक्रम मार्फत आन्तरिक पर्यटकलाई पनि सके सफा गर्न नसके फोहोर नर्गन आग्रह गर्नुभएको थियो। तनहूँका विभिन्न चर्चहरुबाट ५० भन्दा बढी जवानहरुको उपस्थिती रहेको सो कार्यक्रममा तनहूँ ख्रीष्टिय युवा संगतीका सचिव राजु थापाले सहजिकरण गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्