एकैदिनमा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

  • ख-
  • ख+

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड – १९० को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?