माटोको ढिस्कोले पुरिंदा २ जनाको मृत्यु ५ जना घाईते

  • ख-
  • ख+

बुटवल । बुटवलको तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् ।

बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ५ जना घाइते भएका थिए । घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ढिस्कोले पुरिंदा २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?