प्रशासनको सूचनाको वेवस्ता गर्दै भेला गर्दै बन्दिपुरमा माओवादी नेताहरुः वडा नं. २ मा टोल समिति गठन

  • ख-
  • ख+

तनहूँ । कोरोनाको ओमीक्रोन भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेकपा माओवादी तनहूँको बन्दीपुरका नेताहरु भने टोल भेला गर्दै हिँड्नुभएको छ ।

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले बन्दिपुरको वडा नं २ स्थित कुवादी आर्थुम्का टोल कमिटी गठन गरेको छ। उक्त भेलाले सन्सरी गुरुङ अध्यक्ष र राधिका भुजेल सचिब रहनेगरी १३ सदस्यीय टोल कमिटी गठन गरेको छ।

नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय तनहुँले र स्थानिय निकायले समेत सूचना जारी गरी आमनागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्दै कुनै पनि सभा सम्मेलन गर्न रोक लगाएता पनि बन्दिपुर गाँउपालिकाका विभिन्न वडाहरुमा भने यसलाई चुनौती दिँदै खुलमखुल्ला विना मास्क र स्वास्थ्य सुरक्षा मापदण्ड विना कार्यक्रम गरेर सरकारको खिल्ली उडाएको देखिएको छ। त्यसैगरि संघ नेपाल तनहूँले पनि शुक्रवार ईन्धनमा गरिएको मुल्यवृद्धिको विरोधमा तनहूँको दमौलीमा कोणसभाको आयोजना गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?