जिल्ला प्रशासन कैलालीका १५ कर्मचारीमा कोरोना, अत्यावश्यकबाहेक सेवा बन्द

  • ख-
  • ख+

जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका २३ जना कर्मचारीले नमूना परीक्षण गराउँदा १५ जनामा संक्रमण देखिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनका अनुसार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका नियमित सेवा बन्द गरिएको छ ।

प्रशासनले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवाबन्द गरिएको जानकारी दिएको छ ।

सूचनाअधिकारी जोशीकाअनुसार अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकाले परीक्षण गराउने तयारी भइरहेको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?