दमौलीमा प्रशासनको नियमको उल्लंघनः जताततै भिडैभिड

  • ख-
  • ख+

तनहूँ । तनहूँको दमौली बजारमा कोरोना संक्रमणको बेला जिल्ला प्रशासन कार्यालयले लागू गरेको नियमको उल्लघंन गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालयले २५जना भन्दा बढि मानिस जम्मा हुन नपाईने, सेवा लिन प्रवेश गर्दा खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम गरेपनि सरकारी कार्यालय तथा बैक, बित्तिय संस्थाहरुको त्यस्को पालना गरेको पाईदैन ।
हामीले शुक्रवार मालपोतमा अनुगमन गरेका थियौ सोहि कारणले मातपोत र जिल्ला प्रशासन कार्यालयमा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय तनहूाका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैहेले बताउनुभएको छ । गैहेले बताए जस्तो मालपोतमा कडाई त परै जावोस् खोप कार्ड चेक गरिएको छैन भने मानिसहरु निस्फिक्री भेला गर्दै बसिरहनुभएको छ । बिशेष बैक, वित्तिय संसथाहरु, बजारक्षेत्र, मानिसहरु जम्मा हुने ठाँउहरुमा सामाजिक दुरी कायम नगरि, स्वास्थ्य मापदण्ड पालना नगरि मास्क नलगाई मानिसहरु हिडडुल गरेको देख्न पाईन्छ ।
हामीलाई सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ, हामीले त आफ्नो स्वास्थ्यको ख्याल नगरिकन पनि सेवा दिने गर्ने जमर्को गरेका छौ, बृद्धबृद्धाको लागि भत्ता बितरण गरिरहेको एक बैकका शाखा प्रवन्धक बताउनुहुन्छ । साथै नागरिकलाई सचेत बनाउन बैक तथा विीत्तय संस्थाको ढोकामा आएपछि नसकिने पहिल्यै देखि सचेत बनाउन लाग्नुपर्ने उहाँको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?