तनहूँ । करेन्ट लागेर तनहूँको ऋषिगं गाँउपालिका वडा नं. ८ अजम्बरी सल्लाघारीमा दलबहादुर रानाको मृत्यु भएको छ । बिहनको समयमा दाउरा खोज्न जाने क्रममा बिजुलीको लाईनमा छुन गई करेन्ट लागी रानाको घटनास्थलमा नैे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । घटनाको सूचना प्राप्त हुनसाथ प्रहरी चौकी रिसीङबाट प्र. स. नि. क्षेत्र बहादुर थापाको प्रहरी चौकी रिसीङबाट कमाण्डमा गई घटनास्थल सुरक्षित राखि थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहूँबाट प्र. नि. ज्ञान बहादुर खडका समेतको टोली घटनास्थल खटिई गएको,थप अनुसन्धान भईरहेको जिल्ल प्रहरी कार्यालय तनहूँका सूचना अधिकृत युवराज खड्काले जानकारी दिनुभएको छ ।
बिद्युत कार्यालयको हेलचक्रयाईको कारण रानाको मृत्यु भएको भन्दै स्थानिय बासिन्दाले क्षतिपुर्तिको माग राखेको ऋषिगं स्वास्थ्य चौकीका मकर्मचारी एवं स्थानिय बासिन्दा सुरज श्रेष्ठले बताउनुभएको छ ।


छुटाउनुभयो कि ?






