७ वटा टाका काट्न आएको बिरामीको घाँउमा १४ टाका !
तनहूँ । तनहूँ जिल्लाको सधै राजनितीको केन्द्रमा रहने दमौली अस्पतालमा बिरामी उठ्दै गर्दा ईमरजेन्सि वार्डको खाट भाँचिएको छ । लमजुङ जिल्ला मध्यनेपाल चर्दिका भिमप्रसाद साँखी गाडिबाट झर्न लाग्दा घुडामा लागेको चोटको टाँका खोल्न दमौली अस्पताल आउनुभएको थियो । टाका खोलेर अस्पतालको बेडबाट उठ्न लाग्दा खाट भाँचिएर उहाँको घाउ झनै बल्झिएको छ ।
अस्पतालको ईमरजेन्सिमा आउनुभएका साँखी अस्पतालको लापरवाहीले गर्दा आफ्नो घुँडाको घाँउ झनै बल्झिएको बताउनुभएको छ साथै अस्पतालको व्यवस्थापन समितिमा आउन तछाडमछाड गर्ने राजनितिक दलका नेता तथा कार्यकर्ताले अस्पतालको बेड बनाउलान् कि नबनाउलान् ? उहाँको प्रश्न छ ।
१५ सैयाको दमौली बजारमा संचालित दमौली अस्पताल केहि महिनादेखि अध्यक्ष विहिन रहेको छ । राजनितिक खिचातानी र सत्तारुढ दलहरुबिच भागवण्डा नमिल्दा अध्यक्ष नियुक्ति प्रक्रिया पुरा हुन सकेको छैन ।
गण्डकी प्रदेश सरकारले भागवण्डा गर्दा दमौली अस्पताल व्यवस्थापन समितिको अध्यक्ष जनता समाजवादी पार्टीको भागमा परेपनि नेपाली कांग्रेसले दावि नछोड्दा अध्यक्ष नियुक्ति प्रक्रिया ढिला हुन पुगेको विश्वस्त श्रोतको भनाई रहेको छ ।








