तनहूँ । तनहूँ जिल्लामा पछिल्लो २४ घण्टामा १ सय जना कोरोना संक्रमितहरु थपिनुभएको छ । गण्डकी प्रदेश स्वास्थ्य सेवा निदेृशनालय पोखराका अनुसार तनहूँका ४० महिला र ६० पुरुष कोरोना संक्रमित थपिनुभएको हो । गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा गरिएका कोरोना परिक्षणामा पछिल्लो २४ घण्टामा गढडकी प्रदेशमा ९ सय ४९ जना कोरोना संक्रमित थपिएको पनि स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।








