तनहूँ । व्यास नगरपालिकाका मेयर र उपमेयर कोरोना संक्रमित हुनुभएको छ । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि मतदाताहरुले पिसिआर परिक्षण गर्नुपर्ने निर्वाचन आयोगको परिपत्रको आधारमा व्यास नगरपालिकाद्धारा संचालित पिसिआर ल्यावमा परिक्षण गर्दा मेयर र उपमेयरमा कोराना संक्रमण पुष्टि भएको हो । मेयर बैकुण्ठ न्यौपाने, उपमेयर मिरा जोशी र केहि कर्मचारी कोरोना संक्रमित भएपश्चात व्यास नगरपालिकाको सेवा माघ ११ गतेदेखी १४ गतेसम्म चार दिनको लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलद्धारा सोमबार साँझ जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।








