कुखराको खोरमा जुवाडेहरु भेटिए, लाखौ रकम बरामद

  • ख-
  • ख+

तनहूँ । मंसिर ११ गते । कुखुराको खोरमा जुवा खेलिरहेका १९ जनालाई तनहूँ प्रहरीले व्यास नगरपालिका वडा नं. १२ बेलघारीबाट पक्रेको छ। बिहिबार राती प्रहरी टोलीले बेलघारीस्थित कुखुराको खोरबाट कौडा खेल्दै गरेका व्यक्तिसहित नगद ३ लाख १० हजार रुपैयाँ बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट गएको ईन्स्पेक्टर प्रकाश भुषाल नेतृत्वको प्रहरी टोलीले जुवाडे समातेको हो । प्रहरीले पक्राउ सबै विरुद्ध मुद्दा दर्ताको तयारी गरेको जनाएको छ ।

पछिल्लो समय तनहूँमा प्रहरीहरुको सक्रियताले दर्जनौको संख्यामा पेशेवर जुवाडेहरु पक्राउ गरिएको छ । हालसम्म तनहूँ प्रहरीले जुवाको खालबाट जुवाडेहरु र जुवा खेलाउने मान्छे गरेर करि १ सय जना समातेको छ भने १० लाख जति रकम बरामद गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्