तनहूँ । पूर्वाधार बिकास कार्यालय यातायात व्यवस्था शाखा डुम्रे पुग्ने जो कोहि पनि कार्यालय प्रमुखको कोठामा छिर्न लाग्दा कार्यालय प्रमुखको नेमप्लेटमा नाम लेखिएको हुदै र सहजै अनुमान लगाउदछ कार्यालय प्रमुख विहिन रहेछ भनेर तर यसो ढल्किएर हेरेपछि भने कुर्सिमा विश्वप्रकाश श्रेष्ठलाई देख्न पाईन्छ । विश्वप्रकाश श्रेष्ठ भर्खरै सरुवा भएर आउनुभएको कारण नेमप्लेटमा नाम लेख्न नपाईएको भने होईन उहाँ त बिगत ३ बर्षदेखि उक्त कुर्सीमा बसिरहनुभएको छ ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय पूर्वाधार विकास निर्देशनालय अन्तर्गतको पूर्वाधार बिकास कार्यालय यातायात व्यवस्था शाखा डुम्रेले कार्यालय प्रमुखको नेमप्लेट ३ बर्षदेखि राख्न नसक्नुलाई सर्वसाधारणहरु कर्मचारीहरुमा देखिने कमजोरी र कामचोर प्रवृत्तिको पराकाष्ट भनेर व्याख्या गर्ने गरेका छन् ।
कार्यालय प्रमुख विनाको नेमप्लेटले कार्यलय प्रमुख श्रेष्ठ भित्र भएपनि नभएपनि सधै भित्र नै देखाईरहने जानकारहरु बताउनुहुन्छ ।









