सद्गुरु ध्यानाचार्य खेमराज अधिकारी विश्व सत संगठन नेपालको मन्त्रीमा मनोनित

  • ख-
  • ख+

तनहूँ । सद्गुरु ध्यानाचार्य श्री खेमराज अधिकारी विश्व सत संगठन नेपालको मन्त्रीमा मनोनित हुनुभएको छ । सद्गुरु ध्यानाचार्य अधिकारीलाई विश्व सत संगठनका अध्यक्ष दिनेशदास जी महाराजको अध्यक्षतामा बसेको राष्ट्रिय कार्यकारी बैठकले राष्टिय संगठनको मन्त्रीको रुपमा मनोनित हो ।

”साधनाको फल मिठो हुन्छ ध्यानयोगा लाग्नु नै जिबन सफल आफै बनाउनु हो । रुदै आउनु छ हाँस्दै जानु छ ” भन्ने विचारलाई आत्मसात गर्दै अगाडि बढ्नुभएका सद्गुरु अधिकारीले ”सेवा नै परम धर्म हो ” भन्ने विचारलाई नै जीवनको मुलमन्त्र ठान्नुभएको छ । व्यास नगरपालिका वडा नं. १ का स्थायी वासिन्दा अधिकारीले व्यास १ मा नै ”सेवा नै परम धर्म रक्षा प्रतिष्ठान’‘नामक आश्रम पनि संचालन गर्नुएको छ ।
सद्गुरु अधिकारी विश्व सत संगठन राष्ट्रिय संगठनको मन्त्री मनोनित हुनुलाई तनहूँवासीले गर्वका रुपमा लिदै ”धर्म र साधनाको बारेमा तनहूँबाट संसारभर अझै चेतना फैलने विश्वास” लिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?