व्यास नगरपालिकाका कर्मचारीहरु कार्यालय समयमा व्याडमिन्टन खेल्दै

  • ख-
  • ख+

तनहूँ । नगरप्रमुख , उपप्रमुख सहित केहि कर्मचारी कोरोना संक्रमित भएपछि सेवाग्राहीलाई सेवा बन्द गरेको व्यास नगरपालिकाका कर्मचारीहरु व्याडमिन्टन खेलेर दिन काट्ने गर्नुभएको छ । कोरोना संक्रमित भई निको हुनुभएका नगरप्रमुख बैकुण्ठ न्यौपाने ११ः३० को समयमा कार्यकक्षमा उपस्थित भईरहदा बाहिर व्याडमिण्टन खेल चलिरहेको थियो । सेवाग्राहीको लागि कार्यालय बन्द भएको हुनाले कार्यालयमा अधिकांश कर्मचारीको कुर्सी खालि देखिएको थियो ।
अफिसका पेडिन्ड रहेका काम त अरु बेलामा नै गरिन्छ, ओभर टाईम गरेपछि भत्ता पनि पाईन्छ भनेर साथीहरुले कुर्सिमा बसेर के गर्ने भनेर सेवाग्राहीहरु नआउने हुँदा फुर्सदको सदुपयोग गर्नुभएको होला ? नगरपालिकाको ठुलो बिल्डिगंमा आफ्नो कुर्सीमा बसिरहनुभएका एकजना कर्मचारीले बताउनुभएको थियो ।
व्यास नगरपालिकाको पांगढमा रहेको कोर्टमा वहाँहरु व्याडमिण्टन खेलिरहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?