वडा अध्यक्षको मिलेमतोमा शुक्ला ११ मा गिटी , ढुगां बालुवाको चरम दुरुपयोग

  • ख-
  • ख+

तनहूँ । तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ मा वडा अध्यक्ष दलबहादुर थापाको मिलेमतोमा ठेकेदारद्धारा गिटी, ढुगां, वालुवाको चरम दुरुपयोग भएको छ । वडाको थामडाँडामा करिब ५ लाख जतिको नाली निर्माणको लागि नगरपालिकाको नियम विपरित स्थानिय क्वागंदी खोलामा गिटी बालुवा झिक्न दिएपनि टयाक्टरले १ महिनासम्म गिटी, ढुगां , वालुवा बोकी नाली निर्माणस्थलभन्दा धेरै पर हट्टिया ठेकेकदारको घर नजिकै सयौ घनमिटर थुपारिएको छ ।
यस बिषयमा नगरप्रमुख किसान गुरुगंलाई जानकारी गराउदा वडाले ठेकेदारलाई चिठ्ठी लेख्ने बताएपनि वडा अध्यक्षको नाकै मुनी नगरपालिकाको नियम विपरित आवश्यकताभन्दा सयौ घनमिटर गिटी, ढुगां, वालुवा थुपार्दा वडा अध्यक्ष मौन बस्नुलाई स्थानिय वासिन्दाले वडा अध्यक्षको मिलेमतोमा उक्त कार्य भईरहेको आशंका गरेका छन् साथै नगरपालिकामा जानकारी गराउदा पनि नगरप्रमुख मौन बस्नुलाई पनि सबैको मिलेमतोमा नदिजन्य पदार्थको चरम दुरुपयोगको रुपमा अर्थाएका छन् । अवैद्य रुपमा नदिजन्य पदार्थ ओसार पसार गर्दा सवारी साधन पक्राउ गर्ने प्रहरी प्रशासनको यस प्रकरणमा मौनतालाई पनि ठुलै नेताको आर्शिवादमा उक्त कार्य भईरहेको उक्त क्षेत्रका बुद्धिजिविहरुले अनुमान लगाएका छन् ।
नगरपालिकामा राजश्व तिरेर नदिजन्य पदार्थ उत्खनन गर्न पाईने भएपनि उक्त खोलामा नदिजन्य पदार्थ उत्खननको लागि नगरपालिकाले रोक लगाएको छ । नगरपालिकाले रोक लगाएको स्थानमा वडा अध्यक्षको आदेशमा नदिजन्य पदार्थको उत्खनन गर्न पाईने कि नपाईने गम्भिर प्रश्न खडा भएको छ ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?