महिलालाई ब्ल्याकमेल गरेको आरोपमा मुक्ति खनाल पक्राउ

  • ख-
  • ख+

काठमाण्डौ । कास्कीका एक युवक महिलालाई सामाजिक संजालमार्फत ब्ल्याकमेल गरेको आरोपमा विदेशबाट फर्कदै गर्दा अन्तरराष्ट्रीय विमानस्थलमा काठमाण्डौंमा शुक्रबार पक्राउ परेका छन् ।

रुपा गाँउपालिका वडा नं. ७ सिस्नरीका ३१ वर्षीय मुक्तिनाथ खनाल भन्ने मुक्ति खनाल बैदेशिक रोजगारीबाट फर्कने क्रममा पक्राउ परेका हुन् । नेपाल प्रहरीका अनुसार बैदेशिक रोजगारीमा रहँदा खनालले सामाजिक संजाल फेसबुकमा साथी बनेर म्यासेनजर महिलाहरुलाई ललाइफकाइ प्रलोभनमा पारी नग्न तस्वीर र भिडीयो प्राप्त गरी श्रीमान् लगायत आफन्तजनलाई सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गरेको आरोप छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार उनी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर मुद्दा दर्ता फरार रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?