व्यासको फोहोर व्यवस्थापनः साढे ४ बर्षमा हुन नसकेको काम ३ महिनामा होला त ?

  • ख-
  • ख+

तनहूँ । कर्मचारीतन्त्रले शासन गरेको १५, १६ बर्ष त परको कुरा जनप्रतिनिधि निर्वाचित भएपछि गर्नुपर्ने काम साढे ४ बर्षसम्म गर्न नसकेपनि पदाधिकारीहरु जादाजादै व्यास नगरपालिकाले बिज्ञप्ति निकालेको छ । नगरपालिकाको माघ ७ गते बसेको नियमित बैठकले ३ महिनाभित्र व्यास नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत बिशाल पण्डितद्धारा हस्ताक्षरित विज्ञप्तिमा व्यास नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्नका लागि ५० देखि १०० रोपनीसम्म प्रति सार्वजनिक जग्गाको खोजि गरि गुरुयोजना निर्माण गरि सरसफाई केन्द्र ३ महिनाभित्र व्यवस्थापन गर्ने निर्णय गरियो भन्ने उल्लेख गएिको छ ।
बर्षौसम्म फोहोर मैला व्यवस्थापन सम्बन्धि कुनै गुरुयोजना लागु गर्न नसकेको नगरपालिकाले पदाधिकारीहरुको कार्यकाल सकिन लाग्दा निकालेको विज्ञप्तिलाई धेरैले राजनितिक लाभ र सार्वजनिक वहसको लागि निकालेको विज्ञप्ति भनेका छन् भने केहिले व्यास नगरपालिकामा फोहोर व्यवस्थापन केन्द्र स्थापनाको सवालमा ढिलाई भएकोले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलको पहलमा यो योजना अगाडि बढेको बताएका छन् ।
व्यास ५ मा स्थापना गर्न लागिएको फोहोर व्यवस्थापन केन्द्र बनाउनका लागि स्थानियको विरोध, व्यास १० र ४ को सिमानामा जंगल क्षेत्र भएको कारण स्थापना गर्न नसकिएको व्यवस्थापन केन्द्र छोटो समयमा कसरी स्थापना होला सबैले कौतुहलतापूर्वक नियालिरहेका छन् । राजनितिक फाईदाको लागि राम्रो काम जति आफ्नै घर वरपर स्थापना गर्नुपर्छ , फाईदा नहुने काम जति जतासुकै लैजाउन् भन्नेहरु र गुरुयोजना बनाउन आफुले पाउनुपर्छ भन्ने तन्त्रको बाहुल्यता रहेको नगरपालिकामा प्रशासकिय अधिकृत सिग्देलको लागि ३ महिना प्रशस्त समय होला तर साढे ४ बर्षमा गर्न नदिएको काम उहाँलाई ३ महिनामा गर्न दिने कुरामा चाँहि प्रशस्त शंका रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?