१ किलो सुनसहित रेशम सुनार पोखरामा पक्राउ

  • ख-
  • ख+

पोखरा । कास्की प्रहरीले १ केजी सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

१ केजी आठ ग्राम सुनसहित पोखरा १५ रामबजार बस्ने २५ वर्षीय रेसम सुनार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको हाइसमा चेकजाँच गर्ने क्रममा सुनारको साथमा अवैध सुन भेटिएको हो । पोखरा महानगरपालिका ३० पावरहाउसमा चेकजाँचका क्रममा गए राति १० बजे विभिन्न बैकका ३ थान चेक बुक र सुनसहित उनी पक्राउ परेका हुन ।

सुनारको साथमा फेला परेको बिस्कुट आकारको गालेको अवस्थाको पहेँलो धातुलाई पोखरा र काठमाण्डौमा परीक्षण गराउँदा सुन नै रहेको प्रमाणित भएको डिएसपी तिवारीले बताउनुभयो ।

पक्राउ परेका सुनारलाई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?