कोरोनाबाट व्यास ११ का ४० वर्षीय युवकको मृत्यु

  • ख-
  • ख+

तनहूँ। कोरोना संक्रमणबाट पोखरामा उपचाररत एक युवकको ज्यान गएको छ ।

तनहूँको व्यास नगरपालिका वडा नं. ११ का ४० वर्षीय युवकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार उनलाई माघ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४३७ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?