तनहूँ। कोरोना संक्रमणबाट पोखरामा उपचाररत एक युवकको ज्यान गएको छ ।

तनहूँको व्यास नगरपालिका वडा नं. ११ का ४० वर्षीय युवकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार उनलाई माघ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४३७ पुगेको छ ।